काग्रेसका ३ भातृ सगठनको गठन् एकैपटक

काग्रेसका ३ भातृ सगठनको गठन् एकैपटक

दैलेख । नेपाली काग्रेसका ३ भातृ संगठनहरु एकै पटक गठन गरिएको छ । दैलेखको आठबिस नगरपालिकामा नेपाली काग्रेसले आफ्ना भातृ संगठनहरु नेपाल महिला संघ, नेपाल दलित संघ र नेपाल किसान संघको गठन एकैपटक गरेको हो । बुद्यबार राकम कर्णालीमा काग्रेसका आठबिस नगर सभापति अर्जुन शाहीको अध्यक्षता भएको एक सभाले पार्टिका भातृ संगठन्हरुको टुगाें लगाएको हो । जस अनुसार सिता उपाध्यायको संयोजकत्वमा १७ सदस्यि महिला संघ, बजिरसिहं बिश्वकर्माको संयोजकत्वमा दलित संघ र छत्र सिजापतीको संयोजकत्वमा किसान संघको गठन् भएको छ ।

सभालाई सम्बोधन गर्दै नेपाली काग्रेसका जिल्ला सचिव भुपेन्द्र शाहीले पार्टिलाई दृढ बनाउनका लागी सबैको भुमिका उत्तिकै रहेको बताए । पार्टिका हरेक तहलाई बलियो बनाउदै लैजान सकिएकोे खण्डमा काग्रेसको नेतृत्वमा समृद्धि आउनेमा उनको जोड रहेको थियो ।

यता, महिला संघकी जिल्ला अध्यक्ष सिता रानाले पार्टिका ३–३ वटा भातृ संगठनहरु एकैपटक गरेरे आठबिसबाट काग्रेसले यो समय पार्टिलाई मजबुद बनाउने समय भएको शन्देश दिएकोमा जोड दिईन् । सरकारका गतिविधीहरुले दिनानुदिन जनतामा निराशा बढिरहेको कुरामा जोड दिदै उनले देशले फेरी एक पटक काग्रेसको आवश्यक्ता महशुष गरिरहेको बताईन् ।

प्रतिक्रिया