रुखबाट खसेर महिलाको मृत्यू

रुखबाट खसेर महिलाको मृत्यू

दैलेख फागुन १८– घाँस काट्न गएकी एक महिला रुखबाट खसेर ज्यान गएको छ । भैरबी गाउँपालिका–४ डाँडीमाडीकी ४५ वर्षीया पदमकुमारी रिजालको ज्यान गएको भैरबी गाउँपालिका–४ वडाध्यक्ष बीरेन्द्र शाहीले जानकारी दिए । घर नजिकैको स्याउले हाडा जंगलमा घाँस काट्दै गरेको सालको रुखबाट खसेर हिजो साँझ उहाँको घटनास्थलमै ज्यान गएको वडाध्यक्ष शाहीले बताए । मृतक पदमकुमारी रिजाल गौरी माध्यामिक विद्यालय बालेकाँडाको विद्यालय व्यवस्थापन समितिको सदस्य समेत हुन् ।

प्रतिक्रिया