बाख्रा चराउन गएका दुई बालक कर्णालीमा बेपत्ता

बाख्रा चराउन गएका दुई बालक कर्णालीमा बेपत्ता

राकम कर्णली, दैलेख कर्णालीमा नदीमा बगेर दुई बालक बेपत्ता भएका छन्। दैलेखको आठबिस नगरपालिका वडा नम्बर ४ भेल्तडीका दुई बालक वाख्रा चराउन गएको वेला नदीमा बगेका हुन्। मंगलबार दिउँसो वाख्रा चराउदै पौडी खेल्नेक्रममा उनीहरु नदीमा बगेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

प्रहरीका अनुसार नदीमा बेपत्ता हुनेमा १४ वर्षका भरत माझी र १३ वर्षका विनोद माझी छन्। स्थानीयका अनुसार उनीहरु दुबै जना बाख्रा चराउन गएका थिए। घरबाट बाख्रा चराउन गएको र नदीमा पौडी खेल्नेक्रममा बगेर बेपत्ता भएको स्थानीयले जनाएका छन्।

नदीमा बेपत्ता भएका बालको खोजीका लागि सुरक्षाकर्मीको टोली परिचालन गरिएको छ। स्थानीयले पनि खोजी कार्य जारी राखेको दैलेखका डीएसपी हरिबहादुर वलीले जानकारी दिए। नेपाल प्रहरी र शसस्त्र प्रहरीको टोली खोजीमा खटाइएको छ।

प्रतिक्रिया