बलात्कृत बालिका बेपत्ता

बलात्कृत बालिका बेपत्ता

सल्यान भदाै १६ गते । एक महिनाअघि आफ्नै विद्यालयका शिक्षकबाट बलात्कृत बाग्चौर नगरपालिकाकी १४ वर्षीया बालिका ४ दिनदेखि बेपत्ता भएकी छिन् । ती बालिकालाई बाग्चौरस्थित एक विद्यालयका शिक्षक रामचन्द्र केसीले बलात्कार गरेको आरोप छ । बालिकाका आफन्तले ती शिक्षक विरुद्ध साउन ८ गते प्रहरीमा जाहेरी दिएका थिए ।

जिल्ला प्रहरी कार्यालयका अनुसार बालिका घरबाटै बेपत्ता भएकी हुन् । पीडक पक्षले बलात्कारको मुद्दा प्रभावित पार्न बालिकाको अपहरण गरेको पीडित परिवारको आरोप छ । घटनापछि फरार रहेका केसीको खोजी भइरहेको जिल्ला प्रहरी प्रमुख डीएसपी ढकेन्द्र खतिवडाले बताए । उनका अनुसार बालिकाको खोजीसमेत जारी छ । शिक्षक केसीले विभिन्न प्रलोभन देखाइ बालिकामाथि पटकपटक बलात्कार गरेको पीडित परिवारको आरोप छ । कान्तिपुर

प्रतिक्रिया