१८ बर्षीया सुत्केरी र शिशुको मृत्यु

१८ बर्षीया सुत्केरी र शिशुको मृत्यु

सांकेतिक तस्विर

दैलेख : जिल्लाको नारायण नगरपालिका–११ विन्ध्यबासिनीकी १८ बर्षीया दिपा विकको सुत्केरी भए लगत्तै मुत्यु भएको छ । दिपा सहित नवजात शिशुको समेत बुधवार राती मृत्यु भएको हो । कर्णाली प्रदेश अस्पताल सुर्खेतमा शल्यक्रिया गरी पहिलो सन्तानलाई जन्म दिए लगत्तै नवजात शिशु र सुत्केरी दिपाको ज्यान गएको देवर पूूूूर्ण विकले जानकारी दिए ।
मंगलबार विहान भगवतीमाई गाउँपालिका–२ रुम माइतीघरको आगनमा चिप्लिएर पेटमा ठक्कर लागेर दुखाइ बढेपछि उनलाई उपचारका लागि सुर्खेत पु¥याइएको थियो । स्वास्थ्यकर्मीले मंसिर २५ गते बच्चा जन्मने मिति तोकेको भए पनि पेटमा लागेको चोटका कारण बालकको मृत्यु भइसकेकोले आमाकोे प्राण जोगाउन चिकित्सकले सिएस गरेका थिए ।
दिपाको नारायण नगरपालिका–११ बिन्ध्यवासिनीका २७ वर्षीय खड्कबहादुर बिकसंग २ वर्ष अघि विवाह भएको थियो । खड्कबहादुरको पिता अम्मरसिंह बिक १० वर्ष अघि बैदेशिक रोजगारीका क्रममा ज्यान गएको थियो । त्यसको २ वर्ष नपुग्दै उनकी आमाको पनि निधन भएको थियो ।

प्रतिक्रिया