बालबालिकाहरुलाई शैक्षिक सामग्री

बालबालिकाहरुलाई शैक्षिक सामग्री

दैलेख : जिल्लाको नारायण नगरपालिकाका क्षेत्रका बालबालिकाहरुलाई शैक्षिक सामग्री प्रदान गरिएको छ । कर्णाली प्रदेश सरकार, सामाजिक विकास मन्त्रालयको सहयोगमा नगर क्षेत्रका २० जना बालबालिकाहरुलाई छात्रबृति वितरण गरिएको नारायण नगरपालिका कार्यपालिकाका सदस्य मनकुमारी सुनारले जानकारी दिइन् ।
अभिभावक विहिन बालबालिकाहरुको पहिचान गरी शैक्षिक सामग्री प्रदान गरिएको कार्यपालिकाका सदस्य सुनारको भनाई छ । आइतवार नारायण नगरपालिकाका प्र्रमुख रत्नबहादुर खड्का, नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत रेशमबहादुर बुढा, शिक्षा शाखा प्रमुख हिमालयजंग शाह, विभिन्न विद्यालयका प्रधानाध्यापक लगाएतको उपस्थितीमा शैक्षिक सामग्री वितरण गरिएको हो ।

प्रतिक्रिया