सोसेकद्धारा बालकलाई सहयोग

सोसेकद्धारा बालकलाई सहयोग

दैलेख : दैलेख जिल्ला कारागारमा रहेकी एक महिलाबाट जन्मिएको बालक (नवजात शिशु) लाई सहयोग गरिएको छ । नवजात शिशुलाई सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल दैलेखले सहयोग गरेको हो । बिहिवार सहयोग सामग्रीहरु हस्तान्तरण गरिएको हो । सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल दैलेखका बाल अधिकार अनुगमन अधिकृत प्रभा कुमार विश्वकर्माका अनुसार एक सेट बालकलाई बच्चा बेबीसेट, एक केजी घीउ, एक वटा च्यवनप्रास, ४ प्याकेट डाइपर, एक एक प्याकेट ज्वानो मेथी र बच्चा बल्यांकेट सहयोग गरिएको हो ।

प्रतिक्रिया