गठबन्धन संविधानको रक्षाका लागि हो कसैलाई हराउन होइन :खड्का

गठबन्धन संविधानको रक्षाका लागि हो कसैलाई हराउन होइन :खड्का

सुर्खेत : नेपाली काँग्रेसका उपसभापति पूर्णबहादुर खड्काले कसैलाई जिताउन वा हराउनका लागि नभई संविधानको रक्षा गर्नका लागि गठबन्धन बनाएको बताएका छन् ।खड्काले सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–६ को पिपल चौतारामा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै संविधान र गणतन्त्रको रक्षा गर्नका लागि गठबन्धन बनाइएको दाबी गरे ।

उनले भने, ‘केपी शर्मा ओलीको दम्भका कारण पटकपटक संसद विघटन गरिएको जिकिर गर्दै आफूहरुले वृहत छलफल गरेर त्यसका विरुद्ध गठबन्धन निर्माण गरिएको हो ।’ ओलीले जनताका अधिकार मास्ने उद्देश्यले प्रतिगमनको यात्रा थालेपछि त्यसविरुद्ध काँग्रेस, माओवादी लगायतका दलहरु गठबन्धनमा संगठित भएर संघर्षमा होमिएको कार्याकर्तालाई प्रष्ट पारे ।

‘खड्काले भने, ‘ओलीको अहंकार, एमालेको प्रतिगमनकारी, गणतन्त्रविरोधी कृयाकलापलाई परास्त गरी संविधान बचाउनका लागि गठबन्धन गरेका हौं ।’ यस्तै, वीरेन्द्रनगर नगरपालिकामा नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रबीच गठबन्धन भएको छ । यो पालिकामा काँग्रेसले मेयरमा उपेन्द्र खड्कालाई र उपमेयरमा नेकपा माओवादी केन्द्रले शान्ति ढकाललाई उम्मेदवार बनाएका छन् ।

प्रतिक्रिया