मेयर जितेको भोलिपल्टै फिल्डमा हर्क साम्पाङ
![मेयर जितेको भोलिपल्टै फिल्डमा हर्क साम्पाङ](https://snowberry.prixacdn.net/media/gallery_folder/harka-1_QLhjt7tDrU_ell9o3ojcjuodayvkmhydn6ttud69gsjzktedkurlz5yl4m2yeboq6dta0d8.jpg)
काठमाडौं : स्थानीय तहमा नवनिर्वाचित जनप्रतिनिधि बधाई खान भ्याइ नभ्याइ रहँदा धरान उपमहानगरपालिकाका मेयर हर्कराज राई (साम्पाङ) अहिले कार्यक्षेत्र ‘फिल्ड’मा खटिएका छन् ।
धरानवासीको समस्या हल नगरुन्जेल आफू खुसी नहुने बताउने मेयर हर्क साम्पाङ पद धारण गरेको भोलिपल्टदेखि नै फिल्डमा पुगेर काम गर्न थालेका छन् ।
बुधबार नगरको खानेपानी मुहान पुगेर खानेपानी आपूर्तिको अवस्थाबारे अवलोकन गरे । खानेपानीको मुहान वरपरको कमजोरी सच्याउन र सरसफाइका लागि निर्देशन दिँदै आफैँ फिल्डमा खटिए ।
उनले आफ्नो फेसबुक पेजमार्फत भनेका छन्, ‘खाने पानीको मूहान अवलोकन गरी कम्जोरी सच्याउने र फोहोर गर्न नदिने निर्देशन दिइयो जय धरान पनि सरसफाइ कार्यमा सहभागी भए ।’
प्रतिक्रिया