कालिकोटका नवनिर्वाचित जनप्रतिनिधिलाई सोसेकको बधाई तथा सम्मान

कालिकोटका नवनिर्वाचित जनप्रतिनिधिलाई सोसेकको  बधाई तथा सम्मान

सुर्खेत  : सामाजिक सेवा केन्द्र (सोसेक)को आयोजनामा कालिकोटका नवनिर्वाचित जनप्रतिनिधिलाई बधाई तथा सम्मान कार्यक्रम गरिएको छ । सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल, वालहेल्पलाइन १०९८  कार्यालय मान्म कालिकोटमा बधाई तथा बधाई तथा सम्मान गरेको हो ।

सामाजिक सेवा केन्द्र (सोसेक)का सहायक कार्यक्रम निर्देशक दुर्गा गिरीको अध्यक्षतामा तथा कालिकोटका नवनिर्वाचित पालिका अध्यक्षको आतिथ्यतामा बधाइ बधाई तथा सम्मान कार्यक्रम गरेको हो  ।

कार्यक्रममा रास्कोट नगरपालिका, पलाँता गाउँपालिका, पचालझरना गाउँपालिका, शुभकालिका गाउँपालिका, सान्नीत्रिवेणी गाउपालिका, नरहरीनाथ गाउँपालिका,पलाँता गाउँपालिका, शुभकालिका गाउँपालिका प्रमुख उप प्रमुखहरुको आतिथ्यता रहेको बताइएको छ ।

कार्यक्रममा कर्मचारी दिपा खत्रीले स्वागत मन्तब्य र गिता वलीद्धारा संचालन गरिएको कार्यक्रममा प्रक्रियाको बारेमा प्रस्तुत गरिएकोे थियो । कालिकोटका नवनिर्वाचित प्रमुख उप प्रमुखहरुले आगामी दिनमा आवश्कतानुसार सहयोग समन्वय गरेर कार्यक्रम संचालन गर्न सकिने भनाई थियो ।

प्रतिक्रिया