हुम्लामा कुकुरको टोकाइबाट एक महिला गम्भीर घाइते

हुम्लामा कुकुरको टोकाइबाट एक महिला गम्भीर घाइते

हुम्ला : हुम्लामा कुकुरको टोकाइबाट एक महिला घाइते भएकि छन् । जिल्ला समन्वय समितिमा कार्यरत कार्यालय सहयोगीलाई मंगलबार विहान सात वटा भन्दा बढी कुकुरले टोक्दा उनको अवस्था गम्भीर छ।

खेतीपाती गोडमेल गर्न जाने क्रममा कुकुरले टोक्दा सिमकोट गाउँपालिका–५ की सप्पा रावत घाइते भएकी हुन् । सिमकोट गाउँपालिका–५ को सिम क्षेत्रको रानीवनबाट आएको सात भन्दाबढी कुकुर आएर आफ्नो जग्गामा गोडमेल गर्दै गरेकी रावतलाई टोकेर घाइते बनाएको उनका आफन्त बिष्णु रावतले बताए ।

गोडमेल गर्दै गरेको जग्गामा छाडा कुकुरले टोकेर घाइते भएर लडेकी रावतलाई खेल मैदानमा फुटबल प्रशिक्षण गर्दै गरेका बिष्णु रावत लगायतको टिम गएर अस्पतालसम्म बोकेर उद्धार गरेको थियो ।

अस्पतालकी वरिष्ठ अनमी सरिता बोहराले घाइतेको अबस्था गम्भीर रहेको र उनलाई जिल्ला बाहिर रिफर गरिएको बताइन् । टाउको, शरीरको पछाडिको भाग, तिघ्रा, हात खुट्टा लगायतका भागमा कुकुरले टोकेर जताततै घाउ बनाएको उनको भनाइ छ ।

 

प्रतिक्रिया