उत्पादनका आधारमा त्रिवेणीका किसानलाई अनुदान

उत्पादनका आधारमा त्रिवेणीका किसानलाई अनुदान

सल्यान : जिल्लाको त्रिवेणी गाउँपालिकाले किसानहरूलाई अनुदान वितरण गरेको छ । कृषकको उत्पादन गाउँपालिकाको अनुदान कार्यक्रम अन्तर्गत गाउँपालिका भित्र दूध, खसी बोका र अन्डा उत्पादन गर्ने १ सय ७७ जना कृषकहरूलाई अनुदान वितरण गरिएको हो । चालु आर्थिक वर्ष २४ सय क्विन्टल तरकारी उत्पादन गरेबापत ३९ जनालाई २ लाख ३० हजार, फलफूल खेतीमा १८ सय क्विन्टल उत्पादन गर्ने ५९ जनालाई २ लाख ७३ हजार रुपैयाँ प्रदान गरेको छ ।

यस्तै दूध उत्पादन तर्फ १५ जना कृषकहरूलाई ४ लाख ४ हजार ३ सय १५, खसी बोका उत्पादन गर्ने ४३ जना कृषकहरूलाई १ लाख ५४ हजार रुपैयाँ तथा अन्डा उत्पादन गर्ने १ जना कृषकलाई ४५ हजार रुपैयाँ प्रदान गरिएको पशु शाखा प्रमुख वसन्त रावतले बताए ।

कृषकले गरेको उत्पादनको बजारीकरण गर्ने, प्रतिइकाई उत्पादनको आधारमा अनुदान प्रदान गर्ने, उनीहरूलाई प्रोत्साहन गर्ने, रोजगारी प्रदान गर्ने र कृषकको जीवनस्तरमा सुधार ल्याउने उद्देश्यले अनुदान वितरण गरिएको गाउँपालिका अध्यक्ष खिम बहादुर रावतको भनाइृ छ ।

त्यस्तै ७५ जना कृषकरतलाई बर्से घाँसका बेर्ना स्मार्ट नेपियर, सुपर नेपियर, किम्बु, टाकी, मेन दोला वितरण पनि गरिएको छ । यस्तै २० वटा समूह, सहकारी र फार्महरूलाई बिमा प्रिमियममा ५० प्रतिशत अनुदान कार्यक्रम अन्तर्गत १ लाख ४२ हजार ९ सय ५७ रुपैयाँ अनुदान रकम वितरण गरिएको कृषि शाखा प्रमुख लक्ष्मी चन्द बबालले बताए ।

 

प्रतिक्रिया