अर्थ मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री देउवाले सम्हाल्ने

अर्थ मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री  देउवाले सम्हाल्ने

काठमाडौँ :​ अर्थमन्त्री जनार्दन शर्माले राजीनामा दिएपछि अर्थ मन्त्रालयको जिम्मेवारी अब प्रधानमन्त्री शेरबहादुर देउवाले सम्हाल्ने भएका छन् ।

राष्ट्रपति कार्यालयले आज एक विज्ञप्ति जारी गर्दै प्रधानमन्त्रीले अर्थ मन्त्रालयको जिम्मेवारी आफै सम्हाल्ने जानकारी गराएको हो ।

बुधबार प्रतिनिधि सभामा अर्थमन्त्री शर्माले पदबाट राजीनामा दिएको घोषणा गरेका थिए ।

 

प्रतिक्रिया