बुढीगंगामा एमाले उम्मेदवार झण्डै दोब्बर मतले अगाडि
![बुढीगंगामा एमाले उम्मेदवार झण्डै दोब्बर मतले अगाडि](https://snowberry.prixacdn.net/media/gallery_folder/bajura_LKoJH1XuFo_3w4jvuu6uehwkfkte55vwzasahuhoxngnqdrp9bc4ksmbtjh9ghc6uyohytq.jpg)
काठमाडौं : बाजुराको बुढीगंगा नगरपालिका प्रमुख र उपप्रमुखमा एमाले उम्मेदवार झण्डै दोब्बर मतले अगाडि छन्।
प्राप्त पछिल्लो विवरण अनुसार प्रमुखमा एमालेका रामबहादुर बानियाँले २७ सय ९८ मत प्राप्त गरेका छन्। उनका प्रतिस्पर्धी कांग्रेसका रंगबहादुर खातीले १५ सय ६ मत ल्याएका छन्।
उपप्रमुखमा एमालेकी माया कुमारी खड्का (कुवँर)ले २७ सय १६ मत प्राप्त गर्दा उनका प्रतिस्पर्धी कांग्रेसकी रिता शाही (शाह) ले १५ सय ७७ मत ल्याएकी छिन् । ४५ सय ५६ मत गणना भइसक्दा यो नतिजा आएको र अहिले ५ हजारभन्दा बढी मत गणना भइसकेको निर्वाचन अधिकृत लक्ष्मण बहादुर कठायतले जानकारी दिए ।
कुनै अवरोध नभए ९ हजार १ सय २८ मत खसेको बुढीगंगाको अन्तिम मत परिणाम भोलि विहानसम्म सार्वजनिक हुने कठायतले बताए।
चार वडाध्यक्षमा एमाले, एकीकृत समाजवादीको शून्य मत १
बुढीगंगा नगरपालिकामा हालसम्म चार वटा वडाको अन्तिम परिणाम सार्वजनिक भइसकेको छ। चारै वडामा एमालेका उम्मेदवार विजयी भएका छन्। वडा नम्बर एकमा एमालेका रणबहादुर थापाले ४ सय १६ मत ल्याएर विजयी हुँदा निकटतम प्रतिस्पर्धी कांग्रेसका लोकबहादुर थापाले ३ सय ५८ मत पाए ।
नेकपा एकीकृत समाजवादीका रामबहादुर सिंहले एक मत मात्रै ल्याए। दुई नम्बर वडामा एमालेका पदमबहादुर भण्डारीले ८ सय ३८ मत ल्याएर विजयी भए । कांग्रेसका नरबहादुर थापा २ सय ३५ मत पाउँदा एकीकृत समाजवादीका सगुने थापाले शून्य मत प्राप्त गरे। वडा नम्बर ९ मा एमालेका मिनबहादुर सिंहले ४ सय ८२ मत ल्याउँदा समाजवादीका भरतबहादुर थापाले २ सय ९३ मत ल्याए।
वडा नम्बर १० मा एमालेका दलबहादुर सावदले ५ सय ४८ मत ल्याएर विजयी हुँदा कांग्रेसका मोहनबहादुर बुढाले ४ सय ९१ मत प्राप्त गरे। राप्रपाका गौरीप्रसाद जोशीले जम्मा दुई मत ल्याए । अहिले वडा नम्बर ३ र ८ को मतगणना चलिरहेको निर्वाचन अधिकृत कठायतले जानकारी दिए।
प्रतिक्रिया