कर्णालीको बजेट बहुमतले पारित

कर्णालीको बजेट बहुमतले पारित

सुर्खेत :  कर्णाली प्रदेशको आउँदो आर्थिक वर्ष २०७९/०८० को बजेट बहुमतले पारित भएको छ ।
सोमवार (आज)बसेको प्रदेश सभाको २३ औँ बैठकले आउँदो आर्थिक वर्षको बजेट बहुमतले पारित गरेको हो । बैठकमा आर्थिक विधेयक २०७९/०८० पनि बहुमतले पारित भएको छ ।

प्रदेश सरकारले आउँदो आर्थिक वर्षका लागि ३२ अर्ब ६१ करोड ६१ लाख ६३ हजार रुपैयाँको बजेट ल्याएको थियो । प्रदेश सरकारले चालुतर्फ नौ अर्ब १६ करोड ९९ लाख, पुँजीगततर्फ १९ अर्ब ४३ करोड पाँच लाख र पालिकामा वित्तीय हस्तान्तरणतर्फ चार अर्ब एक करोड ५७ लाख रुपैयाँ विनियोजन गरेको छ ।

प्रतिक्रिया