सोमवारदेखि लागू हुने गरी सार्वजनिक गाडीको भाडादर बढ्यो, कहाँ कति ?

सोमवारदेखि लागू हुने गरी सार्वजनिक गाडीको भाडादर बढ्यो, कहाँ कति ?

काठमाण्डौ : आज सोमवारदेखि लागू हुने गरी सार्वजनिक गाडीको भाडादर बढेको छ । यातायात व्यवस्था विभागले आज एक सूचना निकालेर अन्तरप्रदेश, यात्रुवाहक तथा मालवाहक गाडीको भाडादर बढेको जनाएको हो ।

विभागका अनुसार यात्रुवाहक गाडीमा एक दशमलव ७९ प्रतिशतले भाडा बढेको छ । यस्तै पहाडी बाटोमा सञ्चालन हुने मालवाहक गाडीमा दुई दशमलव ३४ प्रतिशत र तराईको बाटोमा सञ्चालन हुने मालवाहक गाडीमा २ दशमलव ६ प्रतिशतले भाडादर समायोजन भएको छ ।

वैज्ञानिक भाडा समायोजन प्रणालीमा इन्धनको मूल्य पाँच प्रतिशत वा त्योभन्दा बढीले घटेमा वा बढेमा स्वचालितरुपमा भाडादर परिवर्तन हुने उल्लेख छ । पछिल्लो पटक गएको असार १२ मा भाडादर समायोजन गरिएको थियो ।

2079.03.27अन्तरप्रदेशभाडादर2022-07-11_06-10-24-753

प्रतिक्रिया