दुल्लुका किसानलाई सुन्तला र कागतीका विरुवा वितरण

दुल्लुका किसानलाई सुन्तला र कागतीका विरुवा वितरण

दैलेख : जिल्लाको दुल्लु नगरपालिकाका किसानहरुलाई सुन्तला र कागतीका विरुवा सहयोग वितरण गरिएको छ । सामाजिक सेवा केन्द्र (सोसेक) नेपालले विरुवा वितरण गरिएको हो । डिसिए नेपालको सहयोगमा सोसेक नेपालमार्फत सञ्चालित ग्रिन कर्णाली परियोजनामार्फत विरुवा वितरण गरिएको हो ।

प्राप्त विवरण अनुसार दुल्लु नगरपालिका–१ को जनतेतना कृषि समुहका ३० जना किसानका लागि २ सय वटा सुन्तला र ३० वटा कागतीका विरुवा वितरण गरिएको छ । वडा नम्बर २ को मिलनगंगा कृषि समुहका ३० जना किसानका लागि ४५० वटा सुन्तलाका विरुवा वितरण गरिएको छ । यस्तै हरियाली कृषि समुहका २० जना किसानका लागि ३ सय वटा सुन्तलाका विरुवा दिईएको छ । त्यसैगरी नरेश्वर उद्यमशिल विद्यालयलाई एक हजार ४ सय वटा सुन्तलाका विरुवा दिईएको छ ।

भगवती वडापोखरा कृषि समुहका ६० किसानका लागि ३ सय कागती, तरियाँ बेमौषमी तरकारी उत्पादन कृषक समुहका १५ जना किसानका लागि ३ सय कागतीका विरुवा वितरण गरिएको छ । यस्तै वडा नम्बर ३ को राजमार्ग कृषक समुहका ३० जना किसानलाई १ सय ५० वटा कागतीका विरुवा वितरण गरिएको छ । वडा नं. ४ को भण्डारी टोल कृषक समुहका ३७ जना किसानका लागि ५ सय ५५ वटा सुन्तला, वडा कार्यालयको विपद् व्यवस्थापन समितिलाई सय वटा सुन्तलाका विरुवा वितरण गरिएको छ ।

यस्तै एकता आमा समुहका ३५ जना महिला किसानका लागि १ सय ९० वटा सुन्तला र पिपलचौतारा कृषि समुहका २० जना किसानलाई २ सय ५० वटा सुन्तला र १ सय वटा कागतीका विरुवा वितरण गरिएको छ । यस्तै वडा नम्बर ९ को प्रगतिशिल ताजा तरकारी तथा फलफुल उत्पादन कृषि समुहका ३० जना किसानलाई २ सय ५० वटा कागती र पिपलचौतारी ताजा तरकारी तथा फलफुल उत्पादन कृषि समुहका ४५ जना किसानलाई ६ सय ७५ कागतीका विरुवा वितरण गरिएको बताईएको छ ।

प्रतिक्रिया