संसदीय छानबिन विशेष समितिले आज निवर्तमान अर्थमन्त्री शर्मासँग छलफल गर्ने

संसदीय छानबिन विशेष समितिले आज निवर्तमान अर्थमन्त्री शर्मासँग छलफल गर्ने

काठमाण्डौ :  संसदीय छानबिन विशेष समितिले आज निवर्तमान अर्थमन्त्री जनार्दन शर्मासँग छलफल गर्ने भएको छ ।

तत्कालीन अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिनका लागि गठन भएको समितिको हिजो बसेको बैठकले सोधपुछका लागि उहाँलाई आज बोलाउने निर्णय गरेको थियो ।

समितिका सचिव सुरेन्द्र अर्यालका अनुसार यसअघिका बैठकमा अर्थ मन्त्रालयका अधिकारी, बजेट निर्माणका क्रममा अनधिकृत व्यक्तिको घुसपैठसम्बन्धी समाचार लेख्ने पत्रकारलगायतसँग सोधपुछ गरिएको छ ।

सचिव अर्यालले छानबिनका लागि संसदले दिएको १० दिन समय नपुग्ने भन्दै म्याद थपको विषयमा पनि छलफल भएको बताए ।

समितिले म्याद थपको विषयमा छलफल मात्रै भएको भनिए पनि सात दिन म्याद थप गर्न सभामुखलाई आग्रह गर्ने तयारी छ । सभामुख अग्निप्रसाद सापकोटाले संसदीय समितिलाई छानबिनका लागि दिएको १० दिनको समय भोलिसम्म मात्रै बाँकी छ ।

तत्कालीन अर्थमन्त्री शर्माले २०७९/०८० को बजेट बनाउने क्रममा अनधिकृत व्यक्तिलाई मध्यरातमा अर्थ मन्त्रालय बोलाएर करका दर हेरफेर गरेको आरोप छ । यो आरोपपछि ११ सदस्यीय संसदीय विशेष छानबिन समिति गठन भएको थियो । लगत्तै शर्माले अर्थमन्त्रीबाट राजीनामा दिएका थिए ।

प्रतिक्रिया