बजेट निर्माणमा अनधिकृत व्यक्तिलाई संलग्नता छैनन् : निवर्तमान अर्थमन्त्री शर्मा

बजेट निर्माणमा अनधिकृत व्यक्तिलाई संलग्नता छैनन् : निवर्तमान अर्थमन्त्री शर्मा

काठमाडौं :  बजेट निर्माणमा अनधिकृत व्यक्तिलाई संलग्न गराएको आरोपमा पदबाट राजीनामा दिएका निवर्तमान अर्थमन्त्री जनार्दन शर्माले बजेट निर्माणमा अनाधिकृत व्यक्ति संलग्न नरहेको दोहोर्याएका छन् ।

संसदीय छानविन विशेष समितिको बैठकमा आज बयान दिने क्रममा उनले यस्तो बताएका हुन् ।

आर्थिक वर्ष २०७९/८० को बजेट निर्माणको क्रममा अनधिकृत व्यक्तिलाई संलग्न गराई करको दर हेरफेर गरेको आरोप लागेपछि शर्माले २२ असारमा अर्थमन्त्री पदबाट राजीनामा दिएका थिए ।

सो क्रममा पनि उनले बजेट निर्माणका क्रममा अनाधिकृत व्यक्तिको प्रवेश नभएको बताएका थिए ।समितिले यसअघि कर्मचारीलगायत अन्यसँग स्पष्टीकरण लिइसकेको छ ।

प्रतिक्रिया