प्रतिवेदन लेखनमा छानबिन समिति

प्रतिवेदन लेखनमा छानबिन समिति

काठमाडौँ :  चालु आर्थिक वर्षको बजेट निर्माणका क्रममा अनधिकृत व्यक्तिको प्रवेश भएको भनिएको विषयमा छानबिन गर्नका लागि गठन भएको संसदीय विशेष समितिले प्रतिवेदन लेखन थालनी गरेको छ ।

बिहीबार समितिले पाएको पाएको थप एक साताको म्याद सकिँदैछ ।
प्रतिवेदन तयार पारेर बिहीबार नै सभामुख अग्निप्रसाद सापकोटालाई बुझाउने तयारी समितिको छ । समितिका सचिव सुरेन्द्र अर्यालले उठेका विषयहरुको अनुसन्धान तथा सम्बन्धित व्यक्तिसँग बयान लिने काम सकिएसँगै प्रतिवेदन लेख्न थालिएको बताए ।

यस बीचमा समितिले निवर्तमान अर्थमन्त्री जनार्दन शर्मासँग करिब २ घण्टा बयान लिएको थियो भने सो क्रममा उनले बजेट निर्माणका क्रममा अनाधिकृत व्यक्तिको प्रवेश नभएको बताएका थिए । यस्तै समितिले अर्थमन्त्रालय सम्बद्ध कर्मचारीहरूसँग पनि बयान लिएको थियो । यस्तै सिसिटिभी फुटेजको अध्ययन गर्दा अनधिकृत व्यक्तिको प्रवेश पुष्टि हुन नसकेको समितिका अधिकारीहरु बताउँछन् ।

सीसीटीभीको हार्डडिस्क समितिले प्रहरीको विधि विज्ञान प्रयोगशालामा पठाएको थियो। प्रहरीको प्रयोगशालाले फुटेज समितिलाई उपलब्ध गराए पनि कुनै पनि दृश्य प्रस्ट नदेखिएको बताइएको छ ।

 

प्रतिक्रिया