लेकवेशीले वडामै पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गर्ने
सुर्खेत : लेकवेशी नगरपालिकाले विकटका वडा स्तरमा पुगेर सामाजिक सुरक्षा भत्ता दिन थालेको छ ।
कर्णाली प्रदेशको राजधानी सुर्खेत वीरेन्द्रनगर संगै जोडीएको नगरपालिका भएता पनी भौगालिक रुपमा विकट रहेको उक्त पालिकामा सामाजिक सुरक्षा भत्ता पाउने नागरिकहरुलाई विगतका दिनहरुमा निकै सास्ती हुने गरेको थियो ।
पछिल्लो समय भत्ता लिनका लागी वडा नम्वर ४ दशरथपुर पुग्न अपाङ्गता भएका, जेष्ठ नागरिक तथा अशक्तहरुलाई कठिनाई भएको जनगुनासो आएपछी अन्य वडाहरुमा पनी वडा तहबाटै सामाजिक सुरक्षा भत्ता वितरण गर्ने गरी तयारी गरिएको नगर प्रमुख उमेश कुमार पौडेलले जानकारी दिए ।
नगरपालिकाको वडा नम्वर १ र २ लगाएत अन्य वडाहरुमा पनी अपाङ्गता भएका, जेष्ठ नागरिक तथा अशक्तहरुलाई वडा स्तरमै पुगी सामाजिक सुरक्षा भत्ता विरण गर्ने गरी प्राईम बैंक शाखा लेकवेशीसंग समन्वय भईरहेको नगर प्रमुख पौडेलले बताए ।
प्रतिक्रिया