राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने सुर्खेत आउँदै

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने सुर्खेत आउँदै

सुर्खेत :  राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने सुर्खेत आउने भएका छन् । पार्टीको कर्णाली प्रदेश भेलालाई सम्बोन्धन गर्न लामिछाने यहीँ साउन १७ गते सुर्खेत आउन लागेका हुन् । सुर्खेत आउन लागेका लामिछानेले वीरेन्द्रनगरस्थित सिटी हलमा आयोजित भेलालाई सम्बोन्धन गर्ने कार्यतालिका छ ।

उनले पार्टिको आधिकारिक फेसबुक पेजमा लेखेका छन्, ‘भ्रष्टाचारले गलेको स्थितिलाई सत्कर्मले ठड्याउनु छ । सिंहदरबारलाई जन-दरबार बनाउनु छ । अब घाम अस्ताउने होइन, परिवर्तन उदाउने कर्णाली बनाउनु छ । यो कठिन तर सम्भव यात्रामा सधैं यसरी नै साथ दिइरहनुहोला । परिवर्तन हाम्रै पालामा सम्भव छ ।’

प्रतिक्रिया