रुकुम पश्चिममा एक सामुदायीक विद्यालयले ऋण लिएर इन्टरनेट जडान

रुकुम पश्चिममा एक सामुदायीक विद्यालयले ऋण लिएर इन्टरनेट जडान

रुकुम पश्चिम :  रुकुम पश्चिमको एक सामुदायीक विद्यालयले ऋण लिएर विद्यालयमा इन्टरनेट जडान गरेको छ । जिल्लाको सानीभेरी गाउँपालिका १० मा रहेको सरस्वती माध्यमिक विद्यालय चिन्तुले ऋण लिएर विद्यालयमा इन्टरनेट जडान गरेको जनाएको छ ।

विद्यालयका प्रधानाध्यापक खड्कबहादुर खड्काले इन्टरनेट सेवा विद्यालयमा अत्यावश्यक भएकोले इन्टरनेट सेवा प्रदायक कम्पनी सुविसुको ईन्टरनेट जोडिएको हो । विद्यालयमा त्यसका लागि आवश्यक बजेट नभएकोेले ऋण सापट गरेर वाइफाई जडान गरिएको हो ।

सुचना सञ्चार प्रविधिमा विद्यालय पछि परेपछि उक्त समस्या समाधानका लागि ऋण लिएर भएपनि ईन्टरनेट जोड्नुपरेको प्रधानाध्यपक खड्काले जानकारी दिए ।

यसअघि विद्यालयमा वर्ड लिङ्क कम्पनीले जोडेको वाइफाई सेवा बन्द भएपछि नयाँ इन्टरनेट सेवा जोडिएको हो । विद्यालयले स्थानीयबाट ऋण लिएर ५६ हजार एकसय ६१ रुपैया खर्च गरेर सुविसु कम्पनीको वाइफाई जडान हो ।

ईन्टरनेट जडानपछि अब पाठ्यक्रम, पाठ्यपुस्तक तथा शिक्षक निर्देशिकासँगै शिक्षणविधि प्रविधिमैत्रीपूर्ण बनाई नमुनायोग्य विद्यालय बनाउनतर्फ लागि पर्ने प्रधानाध्यापक खड्काको भनाई छ ।

प्रतिक्रिया