नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालालाई कोभिड संक्रमण

नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालालाई कोभिड संक्रमण

काठमाडौँ :  नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालालाई कोभिड-१९ संक्रमण देखिएको छ । पछिल्लो समय कोभिड फैलिने क्रम बढिरहेका बेला मधेश प्रदेश घुमेर आएका कोइरालालाई कोभिड देखिएको हो ।

ज्वरो आएपछि उनी शनिबार बिहान जँचाउन धापासीस्थित ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल पुगेका थिए । बिहान ५ बजे अस्पताल लगेर जँचाउँदा कोइरालालाई कोभिड पोजेटिभ देखिएको उनका स्वकीय सचिव दिनेशचन्द्र थपलियाले बताएका छन् ।

ग्राण्डीमा नै आरटी पीसीआर चेकका क्रममा कोइरालालाई कोभिड संक्रम देखिएको हो। उनलाई अहिले ग्राण्डीको कोभिड आइसोलेसनमै भर्ना गरेर उपचार गरिँदैछ। थपलियाका अनुसार कोइरालाको स्वास्थ्य सामान्य छ।

कोइराला मधेश प्रदेशका बारा र पर्सा विभिन्न गाउँमा कांग्रेस कार्यकर्ता र स्थानीयबासीसँग अन्तरक्रियापछि राजधानी फर्किएका थिए । कोइराला शनिबार विराटनगरको कार्यक्रममा सहभागी जाने तयारीमा थिए । तर अचानक स्वास्थ्यमा समस्या देखिएपछि जँचाउँदा कोभिड देखिएको हो।

प्रतिक्रिया