राजनीतिको फोहोर‌ स्वतन्त्र पार्टीले सफा गर्छ : लामिछाने

राजनीतिको फोहोर‌ स्वतन्त्र पार्टीले सफा गर्छ :  लामिछाने

 

सुर्खेत :  राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले राजनीतिमा देखिएको फोहोर सफा आफ्नो पार्टीले गर्ने बताएका छन् । पार्टीले मंगलबार कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतको सिटी हलमा गरेको प्रदेश स्तरीय भेलामा बोल्दै रविले यस्तो बताएका हुन् ।

प्रदेश भेलामा बोल्दै सभापति लामिछानेले राजनीतिकको फोहोर‌ सफा गर्नका लागि अबका दिनमा संकल्प गरेर अगाडि बढ्न राष्ट्रिय स्वतन्त्र पार्टी आएको बताए । उनले भने, ‘हालका राजनीतिक दलहरूले महलमा बसेर आराम गर्ने नेतृत्व फेर्नु बाहेक ‌विकल्प गरेनन्, देशको भविष्य निर्धारण गर्न विधिको शासन आवश्यक हुन्छ। विधि मिच्नेहरूबाट देशको भविष्य खोज्न सकिँदैन ।’

लामिछानेले नेताहरूले गरेका गल्तीका एक–एक हिसाब जनताले खोज्नु पर्ने बताए । उनले भने, ‘हामीले यहीँ कर्णाली प्रदेशको कालिकोट जिल्लामा अस्पताल बनाउँदै गर्दा हाम्रो चरित्र हत्या गर्ने काम भयो । हामीले यात्रालाई रोकेनौँ र आज सयौँ नागरिकले उपचार सेवा पाइरहेका छन् ।’

सभापति लामिछानेले यिनी विषयमा केन्द्रित हुँदै कसैसँग पनि नडराउने दाबी गरे । उनले भने, ‘म कसैसँग डराउँदिन । मृत्युलाई समेत आँखै अगाडि भिडेर आएकाले मान्छे हो । भरोसा गर्न लायक मान्छे देशमा कुनै पनि आएनन् ।‌ त्यसैले मैदानमा आएको छु ।’

प्रतिक्रिया