रुकुम पश्चिममा विद्यार्थीमा कोरोना देखिएपछि विद्यालय बन्द

रुकुम पश्चिममा विद्यार्थीमा कोरोना देखिएपछि विद्यालय बन्द

रुकुम पश्चिम :  रुकुम पश्चिमको एक विद्यालयमा अध्ययनरत विद्यार्थीमा कोरोना सङ्क्रमण देखिएपछि एक हप्ताका लागि पठनपाठन बन्द गरिएको छ । त्रिवेणी गाउँपालिका ३ झुल्नेटामा रहेको श्री युवा जनजागरण माध्यमिक विद्यालय बन्द गरिएको हो ।

विद्यालयमा अध्ययनरत सात जना विद्यार्थीमा कोराना पोजेटिभ देखिएपछि एक हप्ताका लागि पठनपाठन बन्द गरिएको शिक्षक गणेश ओलीले जानकारी दिए । आज बुधवार २० जना विद्यार्थीको कोरोना परीक्षण गरिएको थियो । परीक्षण गरिएकामध्ये ३५ प्रतिशत विद्यार्थीमा कोरोना पोजेटिभ देखिएको हो ।

केही दिनयता दिनहुँजसो विद्यालयमा बिरामी हुने विद्यार्थीको सङ्ख्या बढ्न थालेपछि विद्यालयमै उनीहरूको स्वास्थ्य परीक्षण गरिएको थियो । दैनिक ५, ६ जना विद्यार्थी बेहोस हुने, काँप्ने र ढल्ने जस्ता समस्या आएकाले त्रिवेणी गाउँपालिका अस्पताल खारानेटाका ल्याब टेक्निसियन भरत बिसीसहितको टोली बोलाएर जाँच गरिएको विद्यालयका प्रधानाध्यापक कृष्णा खड्का ओलीले जानकारी दिए ।

विद्यार्थीमा कोरोनाको सङ्क्रमण दर बढ्न सक्ने भएकोले एक हप्ताका लागि विद्यालय बन्द गरिएको प्रधानाध्यापक खड्काले बताए । विद्यालयको प्रशासनिक काम भने हुनेछ । विद्यालयमा झन्डै सात सय विद्यार्थी अध्ययनरत छन्

प्रतिक्रिया