सत्ता गठबन्धनको बैठक बालुवाटारमा

सत्ता गठबन्धनको बैठक बालुवाटारमा

काठमाण्डौ :  सत्ता गठबन्धन दलको बैठक बसिरहेको छ । बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बसेको हो ।

आजको बैठकमा प्रतिनिधि तथा प्रदेश सभा चुनावमा सत्तारुढ दलबीच सिट बाँडफाँटको विषयमा छलफल केन्द्रित छ ।

सरकारले हिजो आउँदो मंसिर ४ गते एकै चरणमा प्रदेश र प्रतिनिधि सभाको चुनाव गर्ने गरी मिति घोषणा गरिसकेको छ ।

सरकारले चुनावको मिति घोषणा गरेपछि पाँच दलीय सत्ता गठबन्धनको पहिलो बैठक बसेको हो । शीर्ष नेताहरु चुनावी तालमेलको गृहकार्यमा जुटेका छन् ।

आजको बैठकले कार्यदल बनाउने र त्यसले तयार पारेको ढाँचाका आधारमा न्यायोचित हिसाबमा सिट बाँडफाँट हुने नेताहरुले बताएका छन् ।

प्रतिक्रिया