सुर्खेतमा ‘सिजनल फ्लु’का बिरामीको संख्या बढ्दो

सुर्खेतमा ‘सिजनल फ्लु’का बिरामीको संख्या बढ्दो

सुर्खेत :  पछिल्लो समय सुर्खेतमा ‘सिजनल फ्लु’का बिरामीको सङ्ख्या बढ्दै गएको छ । सिजनल फ्लुका कारण ज्वरो आउने, टाउको दुख्ने, जिउ दुख्ने, थकाइ लाग्ने, घाँटी खसखसाउने वा दुख्ने जस्ता समस्या लिएर अस्पताल आउने बिरामीको चाप बढ्दै गएको कर्णाली प्रदेश अस्पताल सुर्खेतले जानकारी दिएको छ ।

कोरोना भाइरस जस्तै इन्फ्लुएन्जा भाइरसका विभिन्न प्रजातीहरुले ‘सिजनल फ्लु’ बनाउने कर्णाली प्रदेश अस्पतालमा कार्यरत जनरल फिजिसियन डा. के एन पौडेलको भनाई छ ।
‘यो पनि स्वासप्रश्वासबाट सर्छ,’ उनले भने, ‘एकजना रुघा लागेको व्यक्ति छ भने सँगै बसेको अर्कोलाई यो कोभिड जस्तै सर्छ,’ ।

अहिले दैनिक जसो प्रदेश अस्पतालमा डेढ दुई सयको हाराहारीमा र प्राइभेड क्लिनिकहरुमा यस्तो लक्षण भएका बिरामी उपचारका लागी आउने गरेको पनि डा.पौडेलले बताए ।

‘सिजनल फ्लु’का बिरामीहरु मध्यपनि बृद्धबृद्धा, दिर्घरोगी र बालबालिकाहरु जसमा अरु रोग भएकाहरुलाई भने मृत्यु हुने जोखिम भएपनि एकबाट अर्कालाई सर्ने र मृत्युदर कोभिडको भन्दा कमहुने डा.पौडेलको भनाई छ ।

कोरोना संग मिल्दोजुल्दो लक्षण भएकाले पनि मौसमी रुघाखोकी र कोभिड मध्य के भएको भनेर छुट्याउन नागरिकलाई समस्या भएको छ । पछिल्लो केहिदिन यता कोरोनाका विरामीको संख्या पनि दिन प्रतिदिन बढ्दै गएको बताउदै उनले सर्तकता अपनाउन सुझाब  दिएका छन् ।

‘केहि दिन यता कोरोनाको संक्रमण हुने दर बढेको छ तर उहाँहरुको अस्पतालमा आइशोलेट हुने अवस्था भने छैन,’ उनले भने, ‘हाम्रो कर्मचारी साथीहरु पनि धेरै संक्रमित हुनुभएको छ, हामीले अझै कोभिड अस्पताल शुरुनै गरेका छैनौ ।’
अब केहिदिनको कोभिड संक्रमणको तथ्याकं हेरेर कोभिड अस्पताल र आइशोलेशनबार्ड तयार पार्ने पनि डा। पौडेलले जानकारी दिए ।

 

प्रतिक्रिया