राष्ट्रपतिद्धारा पूर्वपरराष्ट्रमन्त्रीहरुसँग परामर्श

राष्ट्रपतिद्धारा पूर्वपरराष्ट्रमन्त्रीहरुसँग परामर्श

काठमाडौँ :  राष्ट्रपति विद्यादेवी भण्डारीले पूर्वपरराष्ट्रमन्त्रीहरुसँग मुलुकको परराष्ट्र सम्बन्ध र कूटनीति सञ्चालनबारे परामर्श गरिरहेकी छन् ।

पूर्वपरराष्ट्रमन्त्रीहरु रमेश नाथ पाण्डे, प्रदीप ज्ञवाली, रामशरण महत, प्रकाशचन्द्र लोहनी लगायत बैठकमा सहभागी छन् ।

राष्ट्रपति भवन शितल निवासमा जारी बैठकमा राष्ट्रपतिले देशको पछिल्लो कूटनीति सञ्चालन र बदलिँदो अन्तर्राष्ट्रिय परिस्थितिबारे पूर्वपरराष्ट्रमन्त्रीको धारणा सुन्न लागेको राष्ट्रपति कार्यालय स्रोतले जनाएको छ । बैठक आइतबार दिउँसो ३ बजेदेखि शुरु भएको छ।

प्रतिक्रिया