२४ घण्टामा ९३४ जनामा कोरोना संक्रमण पुष्टि

२४ घण्टामा ९३४ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौँ :  गएको २४ घण्टामा नेपालमा ९३४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

५ हजार ३५१ नमूना परीक्षण गर्दा सो संख्यामा संक्रमित फेला परेका हुन् । यो अवधिमा ४७० जना संक्रमणमुक्त भएका छन्।

यस्तै, आज कोरोनाका कारण १ जनाले ज्यान गुमाएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । हालसम्म कोरोना संक्रमणबाट ११ हजार ९७२ जनाको मृत्यु भएको छ । आज देशभर ५ हजार ६८६ जना सक्रिय संक्रमित रहेका छन्।

प्रतिक्रिया