दैलेखमा रहेको एक सहकारीबाट नगद रुपैयाँ चोरी

दैलेखमा रहेको एक सहकारीबाट नगद रुपैयाँ चोरी

सांकेतिक तस्बीर

सुर्खेत:  दैलेखको गमौडीमा रहेको एक सहकारीबाट नगद रुपैयाँ चोरी भएको छ । दुल्लु नगरपालिका-१० गमौडीमा रहेको साना किसान सहकारी संस्था लिमिटेडको घरको पछाडीको ढोका फोडी नगद रकम चोरी भएको कर्णाली प्रदेश प्रहरी कार्यालयले जनाएको हो ।

सहकारीबाट नगद रु दुई लाख पचास हजार रुपैयाँ चोरी भएको प्रहरीले जनाएको छ । प्रहरीले क्षितिज खड्काको घरमा रहेको सहकारीबाट नगद र खड्काको पुस्तक पसलमा रहेको गरगहना र नगद रू २० हजार समेत चोरी भएको जनाएको छ । चोरीमा संलग्नको खोजीका लागि प्रहरीले अनुसन्धान गरिरहेको समेत प्रहरीको भनाई छ ।

 

प्रतिक्रिया