पछिल्लो २४ घण्टामा आठ सय ८८ जनामा कोरोना सङ्क्रमण पुष्टि

पछिल्लो २४ घण्टामा आठ सय ८८ जनामा कोरोना सङ्क्रमण पुष्टि

काठमाण्डौ  : पछिल्लो २४ घण्टामा आठ सय ८८ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । पीसीआर र एन्टिजेन गरी पाँच हजार सात सय ३७ जनाको नमुना परीक्षण गर्दा आठ सय ८८ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

यही अवधिमा एक जना सङ्क्रमितको ज्यान गएको छ । यस्तै चार सय ७४ जना सङ्क्रमणमुक्त भएका छन् । नेपालमा कोरोना भाइरसका सक्रिय सङ्क्रमितको सङ्ख्या पाँच हजार तीन सय ८७ जना पुगेको छ ।

२४ घण्टामा एक लाख ५० हजार ६४ जनाले कोरोनाविरुद्धको खोप लगाएका स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया