भट्टराई र गौतम हँसिया हथौडाबाट चुनाव लड्ने
![भट्टराई र गौतम हँसिया हथौडाबाट चुनाव लड्ने](https://snowberry.prixacdn.net/media/gallery_folder/maobadi_I9MkczPWlO_hcipun3sjlvxmxbwxfh4wfiys2d395kaoknvpwvkbvqdxzlomclrtgmh0z54.jpg)
काठमाडौं : आगामी मंसिर ४ गते हुने संघ र प्रदेशसभा पूर्वप्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराई र नेकपा राष्ट्रिय एकता अभियानका संयोजक वामदेव गौतम माओवादी केन्द्रको चुनाव चिह्नबाट लड्ने भएका छन्।
आज बसेको माओवादी केन्द्रको स्थायी समिति बैठकले उक्त निर्णय गरेको प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिए ।
‘राष्ट्रिय एकता अभियानका वामदेव गौतम र बाबुराम भट्टराईले हाम्रो नेकपा माओवादी केन्द्रको चुनाव चिह्नबाट आगामी संसदीय चुनाव लड्ने चाहना व्यक्त गर्नुभयो। त्यसको स्वागत गर्छौ। उहाँहरूका बाँकी नेताहरूलाई पनि चुनाव चिह्नबाट लड्न स्वीकृत गरेका छौं‘, बैठकपछि महराले भने।
प्रतिक्रिया