सत्ता गठबन्धनको शीर्ष नेताहरुको बैठक बस्दै

सत्ता गठबन्धनको शीर्ष नेताहरुको बैठक बस्दै

काठमाडौँ :  सत्ता गठबन्धनको शीर्ष नेताहरुको बैठक आज बस्दै छ । बिहान १० बजे बालुवाटारमा बैठक बस्नेछ ।

राष्ट्रपतिले फिर्ता गरेको नागरिकता विधेयक, प्रतिनिधि सभा र प्रदेश सभाको आसन्न निर्वाचन, सिट बाँडफाँटलगायत विषयमा बैठक केन्द्रित हुने बताइएको छ । साथै सिट बाँडफाँट कार्यदलमा भएको छलफलको प्रगति विवरण पनि आजको बैठकमा पेस गर्ने तयारी छ ।

राष्ट्रपतिले फिर्ता गरेको नागरिकता विधेयक प्रमाणीकरणका लागि जस्ताको तस्तै पुनः राष्ट्रपतिसमक्ष पठाउने सत्तारुढ दलको तयारी छ । आजको प्रतिनिधि सभा बैठकको कार्यसूचीमा सो विधेयक पारित गर्ने कार्यसूची समावेश छ ।

 

प्रतिक्रिया