सल्यान नेपालको ६८ औँ पूर्ण खोप सुनिश्चिता जिल्ला घोषणा

सल्यान नेपालको ६८ औँ पूर्ण खोप सुनिश्चिता जिल्ला घोषणा

सल्यान : सल्यान जिल्लालाई नेपालको ६८ औँ पूर्ण खोप सुनिश्चिता जिल्ला घोषणा गरिएको छ । जिल्लाका सबै स्थानीय तहले बालबालिकाले खोप पाएरनपाएको सर्वेक्षण गरेर घोषणा गरिसकेकाले बुधबार एक औपचारिक कार्यक्रमका बिच पूर्ण खोप सुनिश्चिता जिल्ला घोषणा गरिएको हो ।

‘स्थानीय स्वामित्व र सहभागिता, पूर्ण खोप सुनिश्चितता–हाम्रो प्रतिबद्धता’ भन्ने मूल ध्येयका साथ जिल्लालाई नै पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गरिएको हो । खोप लगाउनुपर्ने जिल्लाका सम्पूर्ण बालबालिकाले सबै मात्रा पूरा गरेको सुनिश्चित भएपछि पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गरिएको खोप समन्वय समितिले जनाएको छ ।

दश वटा स्थानीय तहका ८३ वडाका सबै बालबालिकालाई नियमित खोप पाउने आधार सुनिश्चित गरेपछि पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गरेको स्वास्थ्य सेवा कार्यलयले जनाएको छ । सल्यानमा १६ देखि २३ महिनासम्मका ३ हजार ५ सय ७७ जना बालबालिकाले पूर्ण रूपमा नियमित खोप पाएपछि सल्यानका पालिकाहरूलाई यो भन्दा पहिले पूर्ण खोप सुनिश्चित पालिका घोषणा गरिसकेको छ ।

जिल्ला खोप समन्वय समितिले अनुगमन गरी वडा हुँदै पालिका र जिल्ला पूर्ण खोप सुनिश्चितता जिल्ला घोषणा गरिएको स्वास्थ्य सेवा कार्यालय सल्यानका निमित्त स्वास्थ्य सेवा व्यवस्थापक दश

रथ कुमार श्रेष्ठले बताए । जिल्ला खोप समन्वय समितिको निर्णय, प्रदेश खोप समन्वय समितिको अनुमतिपछि सल्यान जिल्ला लाई पूर्णखोप सुनिश्चित जिल्ला घोषणा गरेको जानकारी दिए ।

पुर्व सामान्य प्रशासन मन्त्री एव संघिय सांसद टेक वहादुर वस्नेतको प्रमुख आथित्यता र सल्यान प्रदेशका कका सांसद गुलावजंग शाहाको बिशिष्ठ आथित्यामा सल्यान अव पूर्ण खोप सुनिश्चित भएको घोषणा गरेका थिए । कार्यक्रममा बोल्दै संघिय सांसद बस्नेतले सबैले खोपको महत्व वुझनुपर्ने र पाउने अधिकार र पाउनु पर्ने अधिकारवाट कुनै पनि बाललवालिका बञ्चित हुन नहुने बताए ।

यस्तै प्रदेश सांसद शाहले बालबालीकाको राम्रो हेरचाहार पोसिलो खानाका कारणअकालमै मृत्यु हुने गरेकाले अव त्यसो नहुने कोही बालबालिकालाई पनि खोप लगाउन बाट बन्चित हुन नदिने भनाई छ ।

प्रतिक्रिया