नेपालमा थप ६ सय २३ जनामा कोरोना संक्रमण पुष्टि

नेपालमा थप ६ सय २३ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौँ : नेपालमा थप ६ सय २३ जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ ।

देशभर गरिएको १ हजार ६ सय २१ पिसिआर परीक्षणका क्रममा २ सय ४६ जना र ३ हजार ३ सय २४ एन्टिजेन परीक्षणका क्रममा ३ सय ७७ जनामा कोभिड संक्रमण पुष्टि भएको हो । कोभिडका कारण शुक्रबार कसैको मृत्यु नभएको स्वास्थय मन्त्रालयले जनाएको छ ।

त्यस्तै थप ४ सय ८७ संक्रमित निको हुँदा हालसम्म नेपालमा ९ लाख ७७ हजार ८ सय ४५ जना निको भएका छन् । हाल नेपालमा ५ हजार २४ सक्रिय संक्रमित आइसोलेशनमा रहेको मन्त्रालयले जनाएको छ ।

 

प्रतिक्रिया