अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको उद्घाटन गर्ने प्रधानमन्त्री देउवा बुटवल जादै
![अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको उद्घाटन गर्ने प्रधानमन्त्री देउवा बुटवल जादै](https://snowberry.prixacdn.net/media/gallery_folder/sherbahadur_deuba_6hjTD81GUg_midedpfjfrgrziutr2jbraqxcc9vhf1xss0mh5rckcxj4tdwusv8sbe1ttsu.jpg)
रुपन्देही : रुपन्देहीको बुटवल उपमहानगरपालिका-१० रामनगर बुटवल मण्डपमा निर्माण भएको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको प्रधानमन्त्री शेरबहादुर देउवाले आज उद्घाटन गर्ने भएका हुन् ।
त्यसका लागि प्रधानमन्त्री देउवा आज यहाँ आउनु हुने रुपन्देहीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले जानकारी दिए ।
बुद्ध जन्मस्थल लुम्बिनीमा आयोजना हुने राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सभासम्मेलनलाई मध्यनजर गरेर बुटवलमा यो सम्मेलन केन्द्र दुई चरणमा निर्माण पूरा गर्ने गरी २०७१ सालमा ठेक्का सम्झौता भएको हो ।
थप भएको म्यादअगावै २०७८ असारमै यो केन्द्र निर्माण सम्पन्न गरिएको आयोजना प्रमुख धर्मेन्द्र पन्थीले बताए । बुटवलदेखि पूर्व पश्चिम राजमार्गसँगै जोडिएको यो सम्मेलन केन्द्र नेपालको राष्ट्रिय झण्डा आकृतिमा बनेको छ। यो सभाहल एक हजार सिट क्षमताको छ ।
प्रतिक्रिया