कर्णालीका मुख्यमन्त्री शाहीद्वारा मन्त्रीको राजीनामा स्वीकृत

कर्णालीका मुख्यमन्त्री शाहीद्वारा मन्त्रीको राजीनामा स्वीकृत

सुर्खेत :  कर्णाली प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री विन्दमान विष्ट र जलस्रोत तथा उर्जा विकास मन्त्री गणेशप्रसाद सिंहको राजीनामा स्वीकृत भएको छ। आइतबार मन्त्री विष्ट र सिंहले दिएको राजीनामा मुख्यमन्त्री जीवनबहादुर शाहीबाट स्वीकृत भएको मुख्यमन्त्री कार्यालयले जनाएको छ।

कर्णाली प्रदेशमा नेकपा (माओवादी केन्द्र)ले आफ्ना मन्त्री हुन बाँकी रहेका निर्वाचित र समानुपातिक सांसदलाई पालो पु¥याउँन मन्त्री विष्ट र सिंहलाई राजीनामा दिन लगाएको हो।

माओवादी केन्द्रले माओवादीकी सचेतक तथा जाजरकोटबाट समानुपातिकमा निर्वाचित कृष्णा शाह र रुकुमपश्चिमबाट प्रत्यक्ष निर्वाचित प्रदेशसभा सदस्य रातो कामीलाई मन्त्रीका लागि सिफारिस गरेको छ।

मुख्यमन्त्री कार्यालयकाअनुसार मन्त्रीमा माओवादीले सिफारिस गरेका सांसद शाह र कामीलाई मुख्यमन्त्रीले सोमबार बिहान ११ बजेपछि मन्त्रीमा नियुक्त गरि केही समय पश्चात सपथ खुबाउने योजना रहेकको छ।

प्रतिक्रिया