ठाटीकाँधमा आधारभुत विद्यालय स्तरीय हाजिरी जवाफ प्रतियोगिता सम्पन्न

ठाटीकाँधमा आधारभुत विद्यालय स्तरीय हाजिरी जवाफ प्रतियोगिता सम्पन्न

दैलेख :  जिल्लाको ठाटीकाँध गाउँपालिकामा आधारभुत विद्यालय (कक्षा १ देखि ५) स्तरीय हाजिरी जवाफ प्रतियोगिता सम्पन्न भएको छ । प्रतियोगितामा वडा नम्बर ६ का वडा अध्यक्ष जोरासिंह रोकाया क्षेत्रीको प्रमुख आतिथ्यता र मालिका माध्यामिक विद्यालयका प्रधानाध्यापक धीर बहादुर शाहीको अध्यक्षतामा सम्पन्न भएको हो ।

मालिका माध्यामिक विद्यालयको आयोजना,ठाटीकाँध गाउँपालिकाको साझेदारी तथा सामाजिक सेवा केन्द्र (सोसेक) नेपालको आर्थिक सहयोगमा प्रतियोगिता सम्पन्न भएको थियो । साक्षरता सिकाई क्षेत्रमा रुपान्तरण, ५६ औँ अन्तर्राष्ट्रिय साक्षरता दिवसको अवसरमा हाजिरी जवाफ प्रतियोगिता गरिएको थियो ।

प्रतियोगितामा ठाटीकाँध गाउँपालिका ६ का सातवटा विद्यालयबाट विद्यार्थीको सहभागीता रहेको सहकार्य परीयोजना संयोजक जीवराज रेग्मीले बताए । उनका अनुसार प्रतियोगितामा प्रथम धौलापडा आधारभूत विद्यालय छडाथान, जन आधारभुत विद्यालय थापाटोल द्धितिय स्थान, तृतियमा नन्दा देवि भम्क रहेका छन् ।

त्यस्तै सान्त्वनामा सिद्धार्थ आधारभुत विद्यालय रोकाया टोल रहेको थियो । प्रतियोगितामा बिजेता लगायत सबै बिद्यालयलाइ संस्था ले सामान्य ज्ञान सम्बन्धि ४/४ वटा किताब तथा स्टेसनरी पुरस्कारको रुपमा वितरण गरियको संयोजक रेग्मीले बताए ।

 

प्रतिक्रिया