बीपिका सिद्धान्त र बिचारहरु पछ्याएर अघि बढ्नुपर्छ : केन्द्रिय सदस्य राना

बीपिका सिद्धान्त र बिचारहरु पछ्याएर अघि बढ्नुपर्छ : केन्द्रिय सदस्य राना

दैलेख :  नेपाली काग्रेसकि केन्द्रिय सदस्य सीता कुमारी रानाले देश र जनताको अधिकारका लागि आजीवन सङ्घर्ष गर्ने नेता बिपी कोइराला भएको बताएकि छन् । शुक्रवार बीपि कोइरालाको १०९ औँ जन्मजयन्तीमा यस्तो बताएकि हुन् ।

नेपालको राजनीति र साहित्यमा महत्वपूर्ण योगदान दिएका प्रथम जननिर्वाचित प्रधानमन्त्री बीपी कोइरालाको सिद्धान्त र बिचारलाई आत्मसाथ गरेर अघि बढ्नुपर्छ,’उनले भनिन्, ‘बीपि कै योगदानका कारण पार्टि र हामी यहाँ सम्म पुगेका छौँ । आगामी दिनमा पनि उहाँका बिचार पछ्याएर अघि बढ्नुपर्छ’ उनले भनिन् ।

केन्द्रिय सदस्य रानाले पहिलेका नेताहरु संघर्ष र सिद्धान्तमा अडिक भएर लागेकोमा सफल भएको र अहिले नभएकोे बताइन् । पहिलेका नेताको संघर्ष र संगठनमा अडिकका कारण म केन्द्रिय सदस्य हुन सफल भए । र अहिलेको युवाको वितृष्णा भनेको संगठन र सिद्धान्तमा भन्दा पनि पदको लागि हानथाप छ,’उनले भनिन्, ‘पद पाए पनि कर्म गर्नुपर्छ भन्ने कुरा बिर्सिसक्नुभएको छ ।’

जन्मजयन्तीमा नेपाली काग्रेस केन्द्रिय सदस्य सीता कुमारी रानाको प्रमुख आतिथ्यता तथा कर्णाली प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री हिम बहादुर शाहीको विशेष आतिथ्यतामा रहेको थियो भने नेताहरु गणेश वहादुर खड्का रविन्द राज श्रेष्ठको सहभागिता रहेको थियो ।

लिडरलाइ गर्नुपर्ने सम्मान थाह छैन, पद भएर मात्र हुँदैन बिपिका बिचार र सिद्धान्त सबैले पछ्याउनु पर्छ । लिडर पर्तिको सम्मान अनुसासनको ख्याल गर्नुपर्ने कुरा उल्लेख गरिन् ।

प्रतिक्रिया