आयोगमा प्रतिनिधि सभा सदस्य समानुपातिकतर्फ ४८ दलले बुझाए सूची
![आयोगमा प्रतिनिधि सभा सदस्य समानुपातिकतर्फ ४८ दलले बुझाए सूची](https://snowberry.prixacdn.net/media/gallery_folder/Electioncommitionanepal_CXRTtWWh5G_jzrg5nxwsiyryi7bksg9tluiz0e4ucfmmrumzl5nq8vnr1gbjmpmfqsiyqcl.jpg)
काठमाडौं : निर्वाचन आयोगमा प्रतिनिधि सभा सदस्य समानुपातिकतर्फ ४८ दलले उम्मेदवारको बन्दसूची दर्ता गराएका छन्।
निर्वाचन आयोगले आज बिहान ५ बजेसम्म दलहरुको बन्दसूची दर्ताको काम गरेको छ। आयोगका प्रवक्ता शालिग्राम शर्मा पोडेलले आज विहान ५ वजेसम्म ४८ दलले समानुपातिकका लागि धरौटी बुझाएको जनाएका छन्।
https://twitter.com/PShaligramJS?ref_src=twsrc%5Etfw%7Ctwcamp%5Etweetembed%7Ctwterm%5E1571988933189435393%7Ctwgr%5Ea54e55c45e7fa6f33d03917a267487caf70d40c2%7Ctwcon%5Es1_&ref_url=https%3A%2F%2Fthahakhabar.com%2Fnews%2F162616%2F
आयोगले आइतबार र सोमबार दलहरुलाई आयोगले बन्दसूची पेस गर्न समय दिएको थियो। पहिलो दिन ४ वटा दलले मात्र दर्ता गरेका थिए। दोस्रो दिन ४४ दलले बन्दसूची बुझाएको शर्माको भनाइ छ।
मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा चुनावका लागि दर्ता भएका ७६ दलमध्ये ६८ दलले समानुपातिकमा भाग लिनेगरी निवेदन दर्ता गराएका थिए।
प्रदेशतर्फ प्रदेश नम्बर एक र मधेस प्रदेशमा समान ३६ दल, बागमती प्रदेशमा ४० दल, गण्डकी प्रदेशमा ३१ दल, लुम्बिनी प्रदेशमा ३२ दल, कर्णाली प्रदेशमा २८ दल र सुदूरपश्चिम प्रदेशमा ३४ राजनीतिक दलले समानुपातिक तर्फका उम्मेदवारको बन्दसूची बुझाएका छन्।
आयोगले आजदेखि बन्दसूचीको छानबिन प्रक्रिया सुरु गर्नेछ। छानबिनका क्रममा बन्दसूचीमा कमजोरी भएमा सच्याउन समय तोकिएको छ।
प्रतिक्रिया