म पार्टीको सम्पर्कमै छु : भीम रावल

म पार्टीको सम्पर्कमै छु : भीम रावल

काठमाडौँ :  नेकपा एमालेका नेता भीम रावलले आफु पार्टीको सम्पर्कमै रहेको प्रष्टिकरण दिएका छन् । सोमबार साँझ नेकपा एमाले सुदूरपश्चिमका नेताहरुले रावल पार्टीको सम्पर्कमै नरहेकाले उनको उम्मेदवारीबारे विकल्प सोच्न अध्यक्ष केपी शर्मा ओलीलाई आग्रह गरेका थिए ।

तर, रावलले भने आफु पार्टीको सम्पर्कमा नरहेको भन्ने अभिव्यक्ती गलत भएको भन्दै अहिले पनि आफु अछाम निर्वाचन क्षेत्र नम्बर १ का विभिन्न कार्यक्रममा सहभागी भइरहेको बताए । ‘म अहिले पनि अछाममा पार्टीकै कार्यक्रममा छु । पार्टीको जिम्मेवारी अनुसार नै जनता कार्यकर्तासँग पुगिरहेको छु’, रावलले भने ।

नेता रावलले अछाम निर्वाचन क्षेत्र नम्बर १ समन्वय कमिटीबाट भएका औपचारिक कार्यकर्ता भेला तथा भेटघाटमा सहभागी भइरहेको र भेलामा जानुभन्दा अगाडि जिल्लाका इन्चार्जलाई समेत जानकारी गराएको बताए ।

प्रतिक्रिया