पाँचदलीय गठबन्धनबाट जसपा बाहिरिने संकेत

पाँचदलीय गठबन्धनबाट जसपा बाहिरिने संकेत

काठमाडौँ :  जनता समाजवादी पार्टी नेपालले पाँच दलीय गठबन्धनबाट बाहिरिने संकेत देखाएको छ । आज बसेको जसपा नेपालको कार्यकारिणी समितिको बैठकले सो संकेत देखाएको हो ।

बैठकपछि पार्टीका प्रवक्ता मनिष सुमनले प्रेस नोट जारी गर्दै गठबन्धनमा सिटको बाँडफाँट सम्बन्धी छलफलमा जसपाका लागि सन्तोषजनक अवस्था नदेखिएको बताएका छन् ।

‘छलफलमा सन्तोषजनक अवस्था नदेखिएको हुँदा गठबन्धनको विकल्पमा अन्य राजनीतिक दलसँग पनि चुनावी तालमेलका लागि छलफल गर्ने निर्णय बैठकले गरेको छ’ जारी प्रेस नोटमा भनिएको छ ।

यदि कुनै दलसँग तालमेल हुन नसके जसपा नेपाल एक्लै पनि चुनावमा जाने निर्णय भएको उनले जानकारी दिएका छन् ।

 

प्रतिक्रिया