गाउँ माथिबाट पहिरो खस्न थालेपछि त्रासमा पोखरावासी

गाउँ माथिबाट पहिरो खस्न थालेपछि त्रासमा पोखरावासी

रुकुमपुर्व :  रुकुम पूर्वको सिस्ने गाउँपालिका वडा नम्वर ३ पोखराको माथिल्लो भागबाट गाउँमा पहिरो खसेको छ । मंगलवार राती देखिको अविरल वर्षाका कारण पोखरागाउँको माथि कुतकुती भन्ने ठाउँबाट पहिरो खसेको हो ।

बुधबार राती पहिरो खसेको स्थानीय रेवन खड्काले बताए । उनका अनुसार गाउँमा ठुला–ठुला ढुङ्गा खसेका छन् । पहिरो खसे पछि गाउँमा त्रास फैलिएको उनको भनाई छ । वर्षा नरोकिएकाले अझै पहिरो खस्न सक्ने भएकाले सबैलाई सचेत रहन आग्रह गरिएको छ ।

यो वर्ष पटक–पटक पोखरामा माथिल्लो क्षेत्रबाट पहिरो र ढुङ्गा खसेका छन् । केही महिना अगाडि गाउँ माथिबाट खसेको ढुङ्गाका कारण वडा कार्यालयको भवनमा ठुलो क्षेती पुगेको थियो । गाउँ भन्दा माथि भिरालो जमिन भएका कारण त्यहाँबाट खसेका ढुङ्गा गाउँसम्म पुग्ने गरेका छन् ।

 

प्रतिक्रिया