दैलेखमा नयाँ ट्विस्ट, दैलेख २ ‘ख’मा योगेन्द्र र विनोदको भीडन्त हुने पक्का
![दैलेखमा नयाँ ट्विस्ट, दैलेख २ ‘ख’मा योगेन्द्र र विनोदको भीडन्त हुने पक्का](https://snowberry.prixacdn.net/media/gallery_folder/yogendra-shahi_cv5DJgXuXd_u6gc7anri390zr1jzmbqdthab8idc7jevojqgh0pfo5aain36pqsggyorlts.jpg)
सुर्खेत : नेकपा एमाले अर्थ विभागका केन्द्रीय सचिव योगेन्द्र शाही नेकपा माओवादी केन्द्रबाट दैलेख निर्वाचन क्षेत्र नम्बर दुइ ‘ख’ बाट चुनाव लडने भएका छन् ।
युवामाझ लोकप्रिय र वौद्धिक नेताको छवि बनाएका नेता शाहीलाई नेकपा एमालेमा रहँदा एमालेका नेताहरुले जहिले पनि किनारामा पार्ने गरेका थिए ।
एमालेको दशौं महाधिवेशनमा केन्द्रीय सदस्य सम्म बन्न नदिएका एमाले नेताहरुको ‘शेखि’ झार्न र युवाहरुको पहिचान स्थापित गराउन नेता शाही आज माओवादीमा प्रवेश गर्दै उक्त क्षेत्रबाट चुनाव लडने निश्चित भएको हो ।
‘उहाँले टिकट पाइसक्नु भएको छ ।’ माओवादी उच्च स्रोतले भन्यो, ‘उहाँले अब उक्त क्षेत्रमा नेकपा माओवादीको वागडो सम्हाल्नुहुनेछ ।’
श्रीमतीलाई टिकट दिएर हार व्यहोरेका एमाले प्रदेश अध्यक्ष विनोद कुमार शाहसँग उनले अब प्रतिस्पर्धा गर्ने भएका छन् । सधैं सत्ताको वरिपरि रहन चाहने शाहलाई योगेन्द्रले कडा चुनौती दिने भएका छन् ।
एमालेका अधिकांश मत योगेन्द्र शाहीलाई जाने र गठबन्धनका मत पनि योगेन्द्रले नै पाउने भएका कारण यो क्षेत्रमा योगेन्द्रको जीत करिब निश्चित भएको राजनीतिक जानकार बताउँछन् ।
प्रतिक्रिया