उपसभापति पूर्णबहादुर खड्काविरुद्ध बागी उम्मेदवारी
![उपसभापति पूर्णबहादुर खड्काविरुद्ध बागी उम्मेदवारी](https://snowberry.prixacdn.net/media/gallery_folder/surkhet1_47yiXQJOaC_dtbwmr7sye3nwgfewl2xi1bztoobcxrgecielb0jt2bnrb8kbdxf0jnwhs05.jpg)
सुर्खेत : सुर्खेत क्षेत्र नम्बर १ मा प्रतिनिधि सभाका लागि गठबन्धनका साझा उम्मेदवार कांग्रेस उपसभापति पूर्णबहादुर खड्काविरुद्ध बागी उम्मेदवारी परेको छ।
नेकपा माओवादीका केन्द्रका मानसिंह ठकुरीले खड्काविरुद्ध बागी उम्मेदवारी दिएका हुन् । उनी सम्पर्क समन्वय समितिको प्रदेश कमिटी सदस्य हुन् ।
०७४ मा माओवादीले जितेको १ (क) मा म उम्मेदवार छँदाछँदै माओवादी प्रदेश इन्चार्ज कालिबहादुर मल्लले कांग्रेसको भागमा पारेका कारण प्रतिनिधि सभाका लागि बागी उम्मेदवारी दिएको हुँ, उनले भने, सबैभन्दा अन्तिममा मेरो ७ उम्मेदवारी दर्ता भएको छ।
प्रतिक्रिया