एमालेका पुर्व वडाअध्यक्ष एकीकृत समाजवादीमा प्रवेश
![एमालेका पुर्व वडाअध्यक्ष एकीकृत समाजवादीमा प्रवेश](https://snowberry.prixacdn.net/media/gallery_folder/ward_khLMt5hbvI_ybsywoqzmnlvmmwjv69vrkwskp3laet73v8gndhlw6mp92lhvdpyypjsl38t.jpg)
सल्यान : सल्यानमा पुर्व वडाअध्यक्ष नेकपा एमाले छोडेर नेकपा एकीकृत समाजवादीमा प्रवेश गरेका छन् । जिल्लाको त्रिबेणी गाउँपालिका वडा नं. १ का पुर्व वडाअध्यक्ष छविलाल खत्री नेकपा एमाले परित्याग गरेर नेकपा एकीकृत समाजवादीमा प्रवेश गरेका छन्।
विहीवार काभ्रामा आयोजित एक कार्यक्रममा पार्टी उपमहासचिव तथा गठबन्धनको तर्फबाट सल्यान प्रतिनिधिसभा सदस्यका उम्मेदवार प्रकाश ज्वालाले खत्री सहितका आधा दर्जन बढीलाई पार्टीमा स्वागत गरेका हुन् ।
जसमा खत्रीसँगै सेतिराम पुन, जेटी पुन, दल बहादुर घर्ती, चम्फा सुनार, धनि विक, जय बहादुर घर्ती, कर्ण बहादुर विक लगाएतले एकीकृत समाजवादीमा प्रवेश गरेका छन् । सो अवसरमा पार्टीका जिल्ला कमिटी अध्यक्ष हरि केसी, सचिव रमेश कुमार गौतम लगाएतको उपस्थिती रहेको थियो ।
प्रतिक्रिया