चुनावी चहलपहल सुरु, राजनीतिक दल मतदाताको घरदैलोमा

चुनावी चहलपहल सुरु, राजनीतिक दल मतदाताको घरदैलोमा

सल्यान :  निर्वाचन आयोगले चुनाव चिह्न दिएपछि राजनीतिक दल मतदाताको घरदैलो कार्यक्रम सुरु गरेका छन् । मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य पदको निर्वाचनको तयारी चरणमा राजनीतिक दलले घरदैलो कार्यक्रम सुरु गरेका हुन् । निर्वाचन आयोगले चुनाव चिह्न दिएपछि राजनीक दलले चुनाव केन्द्रित प्रचारप्रसार तीव्र बनाएका छन् । त्यहीक्रममा राजनीतिक दलले घरदैलो कार्यक्रम गरेका हुन् ।

उम्मेदवारले भेटघाट र घरदैलोलाई प्रभावकारी बनाउन जोड दिएका छन् । धेरै मतदातामाझ पुग्ने उद्देश्यले सभालाई भन्दा घरदैलोलाई जोड दिएका हुन् । दिउँसो पार्टीका आन्तरिक कार्यक्रमको कार्यतालिका बनाएका उम्मेदवारले साँझ र बिहानको समयमा घरदैलो गरेका छन्। घरदैलो कार्यक्रमकै बिच शनिबार गबन्धनका उम्मेदवारहरुले शारदा नगरपालिका १२ मा घरदैलो गरेको छ ।

नागरिकलाई आफ्ना प्राथमिकता जानकारी गराउने र मत माग्न उम्मेदवार घरदैलो, सभा र भेटघाटलाई प्रचारको माध्यम बनाएका छन्। उम्मेदवाहरुले देशको राजनीतिक परिवर्तनको आवश्यकतालाई मध्यनजर गर्दै गठबन्धन गर्नु परेको बताउँदै गठबन्धन दलका उम्मेदवारलाई मत दिएर विजयी गराउन अपिल गरेका छन् ।

सबैजसो टोलमा गठबन्धन दलका उम्मेदवार भएकाले चुनावले चहलपहल बढाएको छ। घरदैलोका क्रममा उम्मेदवारले आफूलाई मत दिएर जिताउन आग्रह गरेका छन्। उनीहरुले मतदाताका समस्या, सुझाव, गुनासा सुन्ने र प्रतिबद्धता जनाएका छन्।

प्रमुख प्रतिपक्षी दल एमाले लगायतका अन्य राजनीतिक दलहरुले पनि आन्तरिक पार्टीका गतिविधिलाई अघि बढाई रहेका छन् ।

प्रतिक्रिया