आयातित मालाले स्थानीय फुलको अस्तित्व संकटमा
सुर्खेत : तिहार नजिकिंदै छ । यो पर्वमा माला लगाउने चलन छ । यसबेला फूलको माग ह्वात्तै बढ्छ । पहिले दसैँ–तिहारको समयमा सबैका घर आँगनमा विभिन्न जातका फूल फूलेर ढकमक्क हुन्थे । तिहारमा अन्य पूजाआजा र सामाजिक संस्कारहरूका लागि फूल आफ्नै करेसाबारीमा तथा पर्याप्त हुन्थ्यो । पछिल्लो समय गाउँघरमा समेत फूल लगाउने चलन छुट्दै गएको छ । गाउँ छोड्दै सहरिकरण हुनेको संख्या बढेपछि गाउँघरका घरआँगनमा फुल्न छोडेको कतिपको बुझाई छ ।
घरआगनमा उत्पादित फुलभन्दा चाडपर्वमा बाहिरबाट आयात गरिएका मालाको प्रयोग बर्सेनि बढ्दो छ । केही वर्षयता स्थानीय स्तरमा हुने मखमली, सयपत्री, बामरी र गोदावरी जस्ता फूल लोप हुँदै गएका छन । तिहारका लागि आफ्नै आँगनमा फूल तयार हुनुपर्नेमा बजारका बेच्न झुन्ड्याइएका मालाको भर पर्नुपर्ने बाध्यता छ । यतिबेला तिहारका लागि रेडिमेट मालाहरू बजारमा सजाइएका छन । ति मालालाई ८० देखि तीनसय रूपैयाँसम्म पर्छ ।
वीरेन्द्रनगर बजारमा मात्रै तिहारको सिजनमा मालाको लाखौं रूपैयाँको कारोबार हुन्छ । तिहारमा दिदीबहिनीले दाजुभाइलाई माला लगाइदिने चलन छ । यो चाडमा माला अनिवार्यजस्तै मानिन्छ । विगतका वर्षहरूमा गाउँमै ढकमक्क फुलेका फूलबाट माला उनेर लगाउने केही वर्ष पहिलेसम्म सयपत्री, बामरी र किन्न पाइने भएपछि स्थानीय रूपमा हुने फूलको महत्व घट्दै गएको छ । स्थानीय फूलको भाग राम्रै भए पनि उत्पादन न्यून छ । जसले गर्दा कृत्रिम फूलबाट बनाइएका मालाको प्रयोग बढेको हो । स्थानीयस्तरमा उत्पादन हुने विभिन्न थरिका फूल संकटमा पर्दै गएको पुष्प व्यवसायीहरू बताउँछन ।
नजिकिँदो तिहारलाई लक्षित बजारमा प्लाष्टिकबाट थरिथरिका माला गरी बनेका भित्रिसकेका छन् । कर्णाली फूलमा आत्मनिर्भर छैन, वीरेन्द्रनगर –७ स्थित बस्नेत नर्सरी सञ्चालन गर्दै आएका नवराज बस्नेतले भने,यहाँ मागअनुसारको फुल हुँदैन ।’ अहिले घर आगनमा फल लगाउने चलन हराउँदै गएको छ,’उनले भने, ‘कसैले यसलाई व्यवसायिक रुपमा पनि गर्ने गरेका छन् । माग धेरै हुँदा पु¥याउन सक्ने अवस्था छैन ।’ कृषि विज्ञहरुका अनुसार कर्णालीका अधिकांश जिल्लाहरुमा फुलखेती गर्न सक्ने भनाई छ ।
नेपाली समाजमा फुलको प्रयोग हरेक संस्कारमा आवश्यक पर्छ । फुललाई मानव जीवनको भावनात्मक सुन्दरता, पवित्रता, असल स्वभाव र कमलताको प्रतिक तथा बाताबरणको संरक्षक मानिए पनि आयातित मालाले स्थानीय फुलहरु लोपोन्मुख अवस्थामा छन् । आयातित मालाले स्थानीय फलको महत्व भुलाइदिएको छ । बजारमा आफुलाई मन परेको माला रोजेर ल्याउन सहज हुने भएपछि पनि यस्ता मालामा आर्कषण बढेको सुर्खेतको पन्चपुरी नगरपालिका २ का कमल थापा बताउँछन् । बजारका आयातित माला रोजाइमा परेपनि स्थानीय जातका फुलको महत्व बुझ्नुपर्छ,’उनले भने, ‘आफ्नै प्रदेशमा आफैले माला उत्पादन गर्न सक्छौँ जस्ले हाम्रो पैसा बाहिर जादैन । हामी फुलमा पनि आत्मनिर्भर बन्छौँ ।’
बजारमा पाइने मालाको बढ्दो मागसँगै स्थानीय फुलहरुको अस्तित्व संकटमा रहेको वीरेन्द्रनगर ६ कि बेञ्जु थापा बताउँछन् । ‘अहिले बजारमा हजारी फूलको माला बेच्न राखेपनि बिक्री हुँदैन । कृत्रिम फूलकै महनो माला खोज्ने गरिन्छ । व्यवसायीहरूले कृत्रिम माला मात्र होइन तिहारका बेला हरेक वर्ष भारतबाट सयपत्रीलगायतका फूल समेत आयात गर्दै आएका छन’,थापाले भनिन् ।
स्थानीय उत्पादन नहुँदा बाहिरबाटै खरिद गरेर बिक्री गर्ने गरिएको उनीहरू बताउँछन । वीरेन्द्रनगर बजारमा कृत्रिम मालाको व्यवसाय गर्दै आएका एक व्यवसायीले बजार क्षेत्रका बासिन्दाले मात्र नभइ गाउँबाट समेत फूल तथा कृत्रिम माला किन्न आउनेको संख्या ठूलो रहेको बताए । फूलका मालाको सट्टा कृत्रिम फूलबाट बनेका मालाहरू प्रयोग गर्ने क्रम बढ्दै गएका हुन् । गाउँघरमै प्रशस्त मात्रामा फूल नपाइनु तथा फूलको खेती समेत नगर्नुले कृत्रिम माला खोज्ने गरिएको व्यवसायिको बुझाई छ ।
स्थानीय जातका फूलको बजार राम्रो देखेपछि पछिल्लो समय एकतिपयले यसको व्यावसायिक खेती थालेका छन् । वीरेन्द्रनगर –८ खजुरामा हरिहर सिंह राठौरले खजुरामा ६ कट्ठा जमिनमा फूल खेती गरेका छन । उनले लगायको फुलको लागि दशै अघि देखि नै फुलखेती सुरु गरेका थिए । अहिले फुलहरुको लागि माग बढेको बताउँछन् ।
कर्णालीलाई फुलमा आत्मनिर्भर बनाउन र भारतीय बजार बिस्थापन गर्न आफुले फुलखेती व्यवसाय सुरु गरेको उनको भनाई छ । ६ कठ्ठा भाडामा लिएर फुल खेती गर्दै आएका छन् । दशै तीहार लक्षित मात्र नभएर आउँदो प्रदेश र प्रतिनिधि सभा चुनावको लागि समेत फुलको तयारी रहेको राठौर बताउँछन् ।
भाइटिका जस्तो पवित्र तिहारमा नबुझेकाले मात्र आयातित माला प्रयोग गर्ने गरेको राठौर बताउँछन् । भाइतिहारजस्तो पवित्र दिनमा पनि आयातित फुलको मालाले तिहारको महत्व दर्शाउँदैन,’उनले भने, ‘भाइतीहारको लागि उत्पादित फुलको माला नै पवित्र हो ।’
प्रतिक्रिया