हुम्लामा विद्युतको नहर जनश्रमदानबाट मर्मत सुरु
सिमकोट : हुम्लामा पहिरोबाट क्षति पुुगेको हिल्दुुम साना जलविद्युत् आयोजनाको नहरको मर्मत जनश्रमदानबाट सुुरु भएको छ । मर्मतका लागि तत्काल बजेटको व्यवस्था हुन नसक्ने भएको हुँदा स्थानीय प्रशासन, सुरक्षाकर्मी, राजनीतिक दललगायतको सहभागिता ममर्त सुुरु भएको हो।
हिल्दुुम विद्युत् वितरण केन्द्रका प्रमुख साजन ऐडीका अनुुसार पहिरोबाट क्षति भएको करिब ४० मिटर नहरको मर्मत गर्ने कार्य जनश्रमदानबाट सुुरु भएको होे।
केन्द्रको लागतमा नहर मर्मत भइरहेको समयमा वर्षाले काम गर्दै गरेका बेला नहरकै ओभर फ्लो क्षेत्रमा ठूलै पहिरो गएको थियो। त्यसका लागि छुुट्टै बजेटको व्यवस्था तत्काल हुन नसक्ने तर तिहारजस्तो चाडमा विद्युत् सुुचारु गर्नुपर्ने भएपछि जनश्रमदानबाट मर्मत सुुरु गरिएको हो।
पछिल्लो पहिरोबाट भएको क्षति ३५ लाख मूल्य बराबर रहेकोमा त्यसमा ग्याबिन, सिमेन्ट, दक्ष कामदार, ढुंगा बालुुवा र गिट्टीका लागि आवश्यक पर्ने बजेटको व्यवस्था भने केन्द्र तथा अन्य सहयोगी निकायबाट लागत ब्यहोरिनेछ। त्यसमा जनश्रमदानबाट गरिने कार्य भने स्थानीय प्रशासन, चार वटै सुरक्षा निकाय, गाउँपालिका, राजनीतिक दल, सञ्चारकर्मीलगायतको सहभागिता छ।
सो कार्य गर्न प्रमुख जिल्ला अधिकारी सीता परियार, सबै सुरक्षा निकायका प्रमुख, जिल्लास्थित राजनीति दलका प्रमुख नेतालगायत सहभागी छन्। एक हप्तासम्म मर्मत कार्य सम्पन्न गरेर अस्थायी रुपमा विद्युत् उत्पादन सुुरु गरिने भएको छ। केन्द्रको विद्युत् तेह्र दिनदेखि बन्द हुुँदै आएको छ।
प्रतिक्रिया